कञ्चनपुर ३ (१) मा समाजवादीका प्रकाश रावल विजयी

कञ्चनपुर । कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ (१) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश रावल निर्वाचित भएका छन्।

उनी ८ हजार ७ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका धर्मराज बोहोराले ६ हजार ८ सय ५८ मत पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *