कमल थापाले भने-‘सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा एमालेलाई धन्यवाद्’

काठमाडौं। प्रतिनिधि सभा सदस्यमा पराजित भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा खिन्नता व्यक्त गरेका छन्।

नेकपा (एमाले)को ‘सूर्य’ चुनाव चिह्न लिएर चुनाव हारेका थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु। हामीलाई मत दिनुहुने सबैमा आभार। सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा (एमाले)लाई धन्यवाद।’

उनले चुनावमा एमालेका नेता, कार्यकर्तालाई ‘कमरेडहरु’ भन्दै आभार व्यक्त गर्दै लेखेका छन, ‘चुनावमा रातदिन नभनी इमान्दारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरुप्रति आभारी छु।’ थापाले आफू देश र जनताको हितमा निरन्तर सक्रिय रहने पनि उल्लेख गरेका छन्।

‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो। व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ थापाले लेखेका छन्, ‘सनातन धर्म संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *