बझाङ। बझाङमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार नेता ऐनबहादुर महर अगाडि गएका छन्। उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीलाई ४८२ मतान्तरले पछाडि पारेका हुन्।
जिल्लाको ३४२३२ मत गणना गर्दा महरले १५५१५ मत पाएका छन्। जोशीले १५०३३ मत पाएका छन्।