काठमाडौं–६ (ख) मा एमालेका अमन मास्के विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ (ख) मा नेकपा (एमाले) का उम्मेदवार इञ्जिनियर अमनकुमार मास्के विजयी भएका छन् ।

आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले ८ हजार ५९ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

यस्तै, नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले ६ हजार ६ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले ३ हजार ५ सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले ३ सय २७ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *