एमाले अध्यक्ष ओलीद्वारा मतदातालाई धन्यवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको आज सम्पन्न निर्वाचनमा सहभागी भई मतदान गर्ने सबै मतदातालाई धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले निर्धारित मतदान समय सकिएपछि साँझ सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

अध्यक्ष ओलीले मतदाताको मतको सधै कदर गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले भनेका छन्,’तपाईं मतदातालाई हार्दिक धन्यवाद । तपाईंको मतको सधै कदर गर्छौं ।’

अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् । उनले आफ्नो बसोवास रहेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बालकोटको शान्ति आदर्श माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

नेकपा एमालेले देशभर प्रतिनिधि सभाका प्रत्यक्षतर्फका १६५ सिटमध्ये १४१ स्थानमा उम्मेदवारी दिएको छ भने बाँकी २४ स्थानमा चुनावी तालमेलमा जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार लगायतलाई समर्थन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *