चीनकाे पिनचाैँमा ‘नमस्ते नेपाल’ फाेटाे प्रदर्शनीकाे तयारी पूरा

काठमाडौँ । चीनमा नेपालको फोटो प्रदर्शनी हुने भएको छ । ४० चोटि नेपाल आएर लाखौँ फोटो खिचेका फोटोग्राफर सु स्वे उनकै जन्मस्थान सान्तोङ प्रान्तको पिनचौमा ‘नमस्ते नेपाल’ शीर्षकमा प्रदर्शनीको आयोजना गर्न लागेका हुन् ।

पिनचाैस्थित पिनचाै कला संग्रहालयमा प्रदर्शनीकाे लागि तयारी पूरा भएकाे भन्दै उनले भिडियाे समेत पठाएका छन् ।

अतिथिको समय मिलेपछि उद्घाटनको मिति निश्चित गरिने सुले नेपाल समाजलाइ बताए । नेपालमा खिचेका ५ सय फोटो समेटेर सुले नमस्ते नेपाल फोटो पुस्तक तयार पारेका छन् । पुस्तकमा नेपालसम्बन्धी परिचय चिनियाँ भाषामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *