मतदानस्थलमा खटिए कर्मचारी

काठमाडौं। आइतबार हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराउन कर्मचारीहरू ८१ प्रकारका निर्वाचन सामग्री लिएर मतदानस्थलमा खटिएका छन्।

विकट हिमाली तथा पहाडी जिल्लामा निर्वाचन सामग्री, तालिम, नियुक्ति सबै प्रक्रिया पूरा गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रमा कर्मचारी खटाएको हो। सुगम केही जिल्लामा भने बिहीबारदेखि कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा खटाइएका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्री उपलब्ध गराइएको छ। उनीहरूलाई न्यूनतम दुई दिनको तालिम दिइएको छ।

जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले मातहतका मतदानस्थल र मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ। ७७ वटै जिल्लामा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचनका लागि देशभर २ लाख ४६ हजार कर्मचारी परिचालन गरिएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *