चुनाव प्रचारप्रसार गर्न अब ४ दिन बाँकी

काठमाडौं। अब राजनीतिक दल र उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न चार दिन मात्र बाँकी रहेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावका लागि प्रचारप्रसार गर्न चार दिनमाaत्रै बाँकी रहेको हो।

.निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आम सभा, कोण सभा, बैठक, भेला वा चुनाव प्रचारप्रसारसम्बन्धी काम गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ।

.मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त ९मौन० अवधि भएकाले त्यस अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था छ।

.

Leave a Reply

Your email address will not be published. Required fields are marked *