विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण के होला?

काठमाडौं । विश्वकप फुटबलको लोकप्रियता विश्वभर नै छ। त्यसैले त विश्वकप फुटबल नजिकिँदै गर्दा खेलप्रेमीका लागि त ठूलै उत्सव आएजस्तो हुन्छ। तर, यही लोकप्रिय खेल हेर्न नपाउँदा के होला? आगामी मंसिर ४ गते कतारमा विश्वकप फुटबल सुरु हुँदै छ।

संघारमा कतार विश्वकप हुँदा नेपालमा यसको चर्चा यस पटक फरक तरिकाले भइरहेको छ। त्यो हो, मिडिया हबले किनेको प्रसारण अधिकारमाथि अदालती झमेला। त्यसैले यस पटक नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण अन्योलमा पुगेको छ। दक्षिण एसियाका लागि भारतीय कम्पनी भायकम १८ ले विश्वकप फुटबलको प्रसारण अधिकार लिएको छ।

सोही कम्पनीबाट मिडिया हबले नेपालमा प्रसारण अधिकार लिएको हो। महँगो रकम खर्चिएर प्रसारण अधिकार लिए पनि त्यसविरुद्ध अदालतमा रिट परेसँगै विश्वकपको प्रत्यक्ष प्रसारणमा अन्योल सिर्जना भएको छ। एक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने र त्यसका लागि ग्राहकबाट पाँच सय रूपैयाँ लिने तयारी गरेको थियो मिडिया हबले।

तर, अरिरिक्त शुल्क लिन लागेको भन्दै त्यसविरुद्ध अदालतमा रिट पर्‍यो। अदालतले यथास्थितिमै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। विश्वकप प्रसारण अधिकार पाएको मिडिया हबविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ मा दर्शकबाट पाँच सय रूपैयाँ अतिरिक्त शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

सो आदेशपछि नेपालमा प्रसारण तयारी गरिरहेको मिडिया हब अन्योलमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *