काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा चेल्सी पराजित तेस्रो स्थानको न्युक्यासलसँग १–० ले पराजित भएको छ । न्युकासलको जितमा जोए विल्कले ६७औं मिनेटमा निर्णायक गोल गरे ।
न्युकासलले १५ खेलमा ३० अंक जोडेर तेस्रो स्थानमा छ । चेल्सी २१ अंक जोडेर आठौं स्थानमा छ ।