बागमती किनारको सुकुम्बासी बस्ती हटाउन १० दिनको ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनको ‘अल्टिमेटम’ दिएको छ।

समितिले शुक्रबार सूचना जारी गर्दैै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर–टहरा तथा निर्माण सामग्री र सवारी साधन हटाउन १० दिन समय दिएको हो।

‘काठमाडौं उपत्यका भित्रका बागमती र यसका सहायक नदी किनारमा तोकिएको मापदण्डभित्र अनधिकृत रुपले बनाइएका घररटहरा तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनका कारण नदीको दुबै किनारको सौन्दर्यीकरण कार्यमा गम्भीर अवरोध पर्न गएको हुँदा पटक–पटक सार्वजनिक सूचना मार्फत सूचित गर्दा पनि उक्त सूचनाको वेवास्ता गरी हालसम्म पनि नदीको दायाँ बायाँ किनारा खाली गरेको नपाइएको हुँदा सूचना मिति २०७९ मङ्सिर ४ गतेसम्म अनिवार्य रुपमा त्यस्ता घररटहराहरु तथा थुपारिएका निर्माण सामग्री र सवारी साधनहरु हटाउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सार्वजनिक सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *