आज पूर्वी पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज  प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ ।

हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको महाशाखाले जनाएको छ । त्यस्तैगरी आज राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *