‘गठबन्धन सरकारले दुष्कर्म गर्न सक्छ, पहरेदारी गर्नुस्’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मत रक्षा गर्न आमकार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनले निर्वाचन आफ्नो पक्षमा पार्न ‘जस्तासुकै हर्कत गर्न सक्ने’ भन्दै उनले ‘सबैखाले हर्कत असफल पार्न’ निर्देशनसमेत दिएका छन् ।

झापामा बुधबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘कानुनविपरीत गठबन्धनले जस्तो पनि गतिविधि गर्न सक्ने भएकाले सचेत रहन’ आमकार्यकर्तालाई आग्रह गरे ।

‘हाम्रा साथीले निर्वाचन र बुथ प्रतिनिधि केके खटाउनुपर्छ ? हिम्मतिलो तरिकाले चनाखो भएर खटाउनूस् । यो गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्न सक्छ,’ नेताकार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘गैरकानुनी र लोकतन्त्रविरोधी कार्य कसैलाई पनि गर्न नदिने पहरेदारी एमालेले गर्नुपर्छ । साथीहरू तयार रहनूस् । पार्टीले प्रशिक्षण गर्न त्यसपछि विजयीका लागि लाग्नूस् ।’

चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘माओवादी कार्यकर्तालाई एमालेमा आउन’ आग्रहसमेत गरे । ‘हिजो हामीले नेकपा बनाएका थियौं, तपाईंहरू माओवादीको होइन, नेकपाको हुनुहुन्छ,’ उनले भने, ‘प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनूस् ।’

माधव नेपाल नेतृत्वको ‘नेकपा एस भन्ने पार्टी नै नभएको’ टिप्पणी पनि ओलीले गरे । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *