काठमाडाैँ । रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण भएका दक्षिण कोरिया जान थालेका छन् ।
वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४ सय जना दक्षिण कोरिया प्रवेश गरिसकेका हुन् । तीन सय जना मङ्सिरको पहिलो सातासम्म दक्षिण कोरिया प्रवेश गरिसक्ने शाखाले जनाएको छ ।
शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका दुई हजार ७ सय ४१ जनामा एक हजार २ सय जना कोरिया जानेको सूचीमा नाम आइसकेको छ । आउन बाँकी रहेकाको आगामी माघसम्म सूचीमा नाम आइसक्ने शाखाले जानकारी दिएको छ ।
यस पटक कृषितर्फबाट दक्षिण कोरिया जानका लागि १० हजार २ सय ९१ जनाले आवेदन दिएका थिए । शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरियामा नेपाली श्रमिकले राम्रो छवि बनाएकाले सूचीमा परेका अधिकांश दक्षिण कोरिया जान सक्ने जानकारी दिए ।
कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर २ हजार ९ सय १२ जना उत्तीर्ण भएका भएकोमा उक्त क्षेत्रका लागि दुई हजार ७ सय ४१ जनाको माग रहेको समाचार गाेरखापत्रमा छ ।
