सुर्खेत । नेकपा(एकीकृत समाजवादी) का जुम्ला अध्यक्षसहित सिङ्गो जिल्ला कमिटी एमालेमा समाहित भएको छ । जुम्ला अध्यक्ष आदिप्रसाद न्यौपानेसहितको जिल्ला कमिटीका सबै एमाले प्रवेश गरेका हुन् ।
एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो कमिटी नै एमालेमा समाहित भएको घोषणा गरेका छन् ।
न्यौपानेको एमाले प्रवेश गरेपछि एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ । उनको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमाले जुम्ला इन्चार्ज रतननाथ योगीको दाबी छ ।
जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार छन् ।