बाजुरामा विद्युतको तार सर्ट हुँदा एक घरमा आगलागी

काठमाडौं । बाजुरामा एक घरमा आगलागी भएको छ। जिल्लाको बडिमालिका नगरपालिका ८ थापाबडाको एक संयुक्त घरमा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आज बिहान वीरबहादुर थापा र धौली थापाको संयुक्त घरमा आगलागी भएको भएको हो।

घटनामा मानविय क्षति नभएको र अन्य क्षतिको विवरण आउँन बाँकी रहेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएका छन् । आगलागीको कारण पत्ता लाग्न सकेको छैन् । विद्युतको तार सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *