देउवाले डडेल्धुराका ७ वटै स्थानिय तहमा हुने सभामा सम्बोधन गर्ने

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आससभाको सुरुवात गर्ने भएका छन् ।

देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १७ गते देखि २० गते सम्म उनी गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरा सचिव शेर भण्डारीले जानकारी दिए ।

देउवाले डडेल्धुराबाट नै चुनावी आमसभालाई सम्बोधन गरेर आमसभाको सुरुवात गर्ने पनि उनले जानकारी दिए । निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै चुनावी सभा गर्न भनेको थियो । १७ गते पहिलो दिन गृह जिल्ला पुगेर चुनावी सभाको सरुवात गर्न लागेको उनले बताए ।

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा देउवाले सबै स्थानीय तहहरुमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव भण्डारीले जानकारी दिए ।

देउवाले १८ गते विहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, १९ गते विहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यी सबै चुनावी सभालाई सुदूरपश्चिम प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट र (ख) का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी गरिएको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *