भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी । आईसीसी टि-२० विश्वकप अन्तर्गत जारी खेलमा पाकिस्तानले भारतलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । मेलवर्नमा जारी खेलमा पाकिस्तानले भारतलाई  १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो । पाकिस्तानको लागि सान मसोद र इफ्तिखर अहमेदले अर्धसतक पुरा गरे । मसोदले ४२ बलमा ५ चौकाको मद्दतमा ५२ रन बनाउँदा अहमेदले ३४ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ५१ रन बनाए ।

भारतको लागि हार्दिक पाण्ड्यले ४ ओभरमा ३० रन खर्चिँदै तीन विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३२ रन दिएर ३ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र मोहम्मद शामीको लागि एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *