लिखित प्रतिबद्धताबिना मतदाता फकाउँदै उम्मेदवारहरू

काठमाडौं । मङ्सिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पु-याउन सकेका छैनन् । दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पु(याउन नसकेका हुन् ।

ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् । स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् ।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूले नै चुनावी अभियानमा जनतालाई देखाउने लिखित प्रतिबद्धतापत्र तयार पार्न भ्याएका छैनन् ।

नेपाली कांग्रेसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पु-याएको बताए पनि सार्वजनिक गरेका छैन् ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो लिखित दस्तावेजबिना उम्मेदवारलाई निर्वाचन क्षेत्रमा पठाएको छ । घोषणापत्र लेखन समितिका सदस्य तथा उपमहासचिव प्रदीप ज्ञवालीले प्रारम्भिक मस्यौदामाथि छलफल भइरहेकाले अन्तिम रूप दिने तयारीमा रहेको बताए। छपाइलगायतका केही प्राविधिक काम सक्दा घोषणापत्र सार्वजनिक गर्न एक हप्ता लाग्ने देखिएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनाएको प्रतिनिधि र प्रदेशसभा चुनावको घोषणापत्र समितिले पनि आफ्नो प्रतिबद्धतापत्र बजारमा ल्याएको छैन ।

उता जनता समाजवादी पार्टी (जसपा) को घोषणापत्र प्रेसमा पुगेको नेताहरूले बताएका छन् । अब एक दुई दिनभित्रै घोषणपत्र सार्वजनिक गर्ने र जनतामाझ लिएर उम्मेदवारलाई पठाउने जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *