टी-२० विश्वकपमा न्युजिल्यान्डको शानदार शुरुवात

एजेन्सी । आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले शानदार शुरुवात गरेको छ । शनिबार दिउँसो भएको सुपर १२ को उद्धाटन खेलमा आयोजक अष्ट्रेलियालाई ८९ रनले पराजीत गर्दै न्युजिल्यान्डले विश्वकपमा शानदार शुरुवात गरेको हो ।

जीतको लागि २ सय १ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा १ सय ११ रनमै समेटियो । अष्ट्रेलियाको लागि ग्लेन म्याक्सवेलले २० बलमा ३ चौका र १ छक्काको मद्दतमा २८ रन बनाउँदा प्याट कमिन्सले २१ रन जोडे । यस्तै मिट्चेल मार्सले १६, एरोन फिन्चले १३ र टिम डेभिडले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न न्युजिल्यान्डको लागि टिम साउदीले २.१ ओभरमा ६ रन दिएर ३ विकेट लिए । मिट्चेल सान्टरले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिँदा ट्रेन्ट बोल्टले दुई तथा लकी फ्रुगसन र इस सोधीले एक-एक विकेट लिए ।

यसअघि सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा तीन विकेटको क्षतिमा २ सय रन जोडेको थियो । अष्ट्रेलियाको लागि डेभन कोन्वेले विस्फोटक ब्याटिङ गर्दै ५८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ९२ रन जोडे । फिन एलिनले १६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाउँदा जेम्स नेशमले २६, केन विलियम्सनले २३ र ग्लेन फिलिप्सले १२ रनको योगदान गरे ।

अष्ट्रेलियाको लागि जोस हज्लेवुडले ४ ओभरमा ४१ रन खर्चिदै २ विकेट लिँदा एडम जाम्पाले एक विकेट लिए । जीतसँगै न्युजिल्याण्डले समूह ‘एक’मा दुई अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *