प्रमुख दललाई चुनौती बन्दै विद्रोही

काठमाडौं प्रमुख राजनीतिक दलका लागि मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा विद्रोही उम्मेदवार चुनौती बनेका छन्। दलका आधिकारिक उम्मेदवार र चुनावी तालमेल गरेका दलविरुद्ध परेका उम्मेदवारी कसरी निष्क्रिय गराउने भन्ने विषयले प्रमुख दलहरूलाई पिरोलेको छ।

चुनावी तालमेलको सहमतिविपरीत विद्रोही उम्मेदवार उठेपछि निर्वाचन परिणाम मात्र होइन, गठबन्धन नै संकटमा पर्ने आशंका उत्पन्न भएसँगै प्रमुख दलका शीर्ष नेताहरू विद्रोहीलाई मनाएर उम्मेदवारी निष्क्रिय बनाउन लागिपरेका छन्। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समयसीमा सकिए पनि दलका शीर्ष नेताहरू विद्रोहीलाई मनाएर आधिकारिक उम्मेदवारका पक्षमा उभ्याउन लागिपरेका हुन्। विद्रोही उम्मेदवारलाई फकाउन सक्रिय दलका शीर्ष नेताले उम्मेदवारी फिर्ता लिए अनुशासनको कारबाही नहुने भन्दै आएका छन्।

सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेस पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध विद्रोही बनेकालाई मनाउन लागिपरेको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले आधिकारिक उम्मेदवारविरुद्ध उभिएकालाई काठमाडौं बोलाएर कुरा गरिरहेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *