काठमाडौं । आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्रारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको काठमाडौंमा ‘को हावी छ?’ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन ।
यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन् । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ भने सत्ता गठबन्धन तीन दलको समर्थनमा कांग्रेस, माओवादी र नेकपा एसले मिलेर उम्मेदवार दिएका छन् । राजधानी दैनिकबाट