नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सशस्त्र र पुलिस महिला भलिबलको फाइनलमा

म्याग्दी । सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।

म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेलमैदानमा आज भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् । फाइनलमा पुगेका दुवै टिम विभागीय हुन् । सशस्त्रले बागमतीलाई १ का विरुद्ध तीन र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३ का विरुद्ध २५ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमश ः २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित गर्यो ।

सशस्त्रको कप्टानी निरुता ठगुल्ना र बागमतिको टिमको नेतृत्व ललिता नाथले गरेकी थिइन् । कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्टानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अङ्कमा पराजित ग¥यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।

तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । यसैगरी सशस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ ।

असोज २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *