वालिङ । फरवार्ड सावित्रा भण्डारीले निर्णायक गोल गरेपछि विभागीय टोली नेपाल एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फूटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दिउँसो भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई १-० गोलले पराजीत गर्दै एपीएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।
स्याङ्जाको वालिङमा भएको खेलको दोस्रो हाफमा अनिता केसीको पासमा सावित्राले गरेको गोलनै एपीएफको जीतमा निर्णायक बन्यो । अब एपीएफले बिहीबार हुने फाइनल खेलमा पुलिस क्लबको सामना गर्नेछ ।
आजै भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई ३-० गोलले हराउँदै पुलिसले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको थियो ।