गणेश थापा, क्यालिफोर्निया । आफूँलाई निकै स्मार्ट ठान्ने गायक राजेश पायल राईले विदेशीभूमिमा असभ्य व्यवहार प्रदर्शन गरेका छन् । नेपालीहरूको महत्त्वपूर्ण चाडपर्व दशैं तिहारको अवसर पारेर संयुक्त राज्य अमेरिकाको ऐतिहासिक राज्य पेन्सिलभेनियामा सोमबार साँझ आयोजित साँस्कृति कार्यक्रममा गायक राईले माइक फाल्नेदेखि पोडियममाथि लात्तीले हान्नेसम्मको हर्कत गरेका छन् ।
आफ्नो प्रस्तुति दिने क्रममा आयोजकले साउण्ड सिस्टम आफूअनुकूलको व्यवस्था नगरेको भन्दै उनले यस किसिमको उपद्रो मच्याएको बताइएको छ ।
पेन्सिलभेनियास्थित नेपाली समाजले ख्याति प्राप्त कलाकारहरूलाई बोलाएर मनोरन्जन दिने उद्देश्यले गरिएको सो कार्यक्रममा गायक राईले प्रदर्शन गरेको सन्नकीपनबाट उपस्थित सयौँ दर्शकको मन कुडिएको छ ।
बारम्बार विवादमा आइरहने गायक राईले यसअघि न्यूयोर्कमा भएको कार्यक्रममा पनि यस्तै लफडागिरी गरेका थिए ।

