पुलिस महिला फूटबलको फाइनलमा

वालिङ । नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फूटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा प्रदेश १ लाई ३-० गोलले हराउँदै पुलिसले पदक पक्का गरेको हो ।

स्याङ्जाको वालिङमा भएको खेलमा  पुलिसलाई जीत दिलाउन रेखा कुमारी पौडेल, निर्मला विक र निर्मला उपाध्ययले एक-एक गोल गरे । अब पुलिसले उपाधिका लागि बिहीबार आर्मी र एपिएफ बीच जारी दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *