स्याङ्जा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको महिला फूटबलमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार तेस्रो जीत निकालेको छ । सोमबार दिउँसो भएको खेलमा गण्डकी प्रदेशलाई ५-० गोलले पराजीत गर्दै एपीएफ समूह ‘सी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
स्याङ्जाको वालिङमा भएको खेलमा एपीएफलाई जीत दिलाउन रञ्जना दर्जी र अनिता केसीले दुई-दुई गोल गर्दा सरु लिम्बुले एक गोल थपिन् ।
जीतसँगै एपीएफ समूह ‘सी’को समूहविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । हारका बाबजुत गण्डकीपनि दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको ।
सेमिफाइनल अन्तर्गतका खेलहरु भोलि हुनेछन् ।