पौडीमा आर्मीका नासिर र डुवनालाई राष्ट्रिय कीर्तिमानसँगै स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला पौडी तर्फको २०० मिटर मिड्लेमा आर्मीकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसँगै स्वर्ण पदक हात पारेकी छिन् । डुवानाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेर स्वर्ण हात पारेकी हुन् ।

पोखरास्थित फिस्टेल एकेडेमीमा आइतबार दिउँसो भएको खेलमा डुवानाले २ मिनेट ३०.६७ सेकेन्डमा निर्धारित दुरी पुरा आफ्नै कीर्तिमान सुधार गरेकी हुन् । डुवानाले बिहान भएको हिटमा २ मिनेट ३१.४६ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यो स्पर्धामा नेपाल एपिएफ क्लबकी रोयल प्रजापतिले २ मिनेट ४१.८० सेकेण्डमा दूरी पूरा गरेर रजत तथा बागमतीकी रोषा न्यौपानले २ मिनेट ४९.२६ सेकेण्डको समयसहित कास्य पदक प्राप्त गरिन् ।

यस्तै पुरुषतर्फ नेपाली सेनाका नासिर याह्या हुसेनले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले आफ्नो नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन् ।

काठमाडाँैमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकुदमा नासिरले १५ सय मिटर फ्रिस्टायलमा कायम गरेको १७ मिनट ४९ दशमलव ९५ सेकेन्ड समयमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । पोखराको विरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा उनले १६ मिनेट ५० दशमलव २१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गर्दै नवौँ राष्ट्रिय खेलकुदमा पहिलो स्वर्णपदक हात पारेका हुन् ।

सोही स्पर्धामा एनआरएनका आशिष सापकोटा दोस्रो भए । उनले  १६ मिनट ५७ दशमलव ९५ को समयमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे। तेस्रो स्थान पुलिसका सुनिलकुमार थापा मगरले हासिल गरे । उनले  कास्यपदक प्राप्त गरे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *