सावित्राको पाँच गोल र सरुको ह्याट्रिकमा एपीएफको १६ गोल

स्याङ्जा । फरवार्ड सावित्रा भण्डारीले पाँच गोल र मिडफिल्डर सरु लिम्बुले ह्याट्रिक पुरा गरेपछि विभागीय टोली नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको महिला फूटबल प्रतियोगितामा फराकिलो जीत निकालेको छ । शनिबार दिउँसो भएको खेलमा कर्णाली प्रदेशलाई १६-० गोलले पराजीत गर्दै एपीएफएले प्रतियोगितामा दोस्रो जीत निकालेको हो ।

स्याङ्जाको वालिङमा भएको खेलमा एपीएफको जीतमा सावित्रा भण्डारीले पाँच गोल गर्दा सरु लिम्बुले ह्याट्रिक पुरा गरिन् । यस्तै अनिता केसी र रविना गोलेले समान दुई-दुई गोल गर्दा प्रिती राई, सविता राना मगर, मन माया लिम्बु र गीता रानाले एक-एक गोल थपे ।

हिजो भएको खेलमापनि एपीएफले प्रदेश १ लाई ७-१ गोलले पराजीत गरेको थियो । जीतसँगै समूह ‘सी’ मामा रहेको नेपाल एपीएफ क्लबले ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *