रेखा थापालाई शुभकामना दिँदै पूर्व पति छविराज ओझाले यस्तो लेखेपछि…

काठमाडौं, २९ असोज । चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ उनकी पूर्व पत्नी रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई छविले जितको शुभकामना दिएका हुन् ।

पूर्वपतिसमेत रहेका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताएका छन् । रेखाको राजनीतिक यात्रा सफल रहनेमा विश्वस्त रहेका छविले चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिकाको रुपमा चित्रण गर्दै रेखालाई जितको शुभकामना दिएका हुन् ।

रेखासँग सम्बन्धविच्छेद गरी छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए । तर, शिल्पासँग सम्बन्ध धेरै समय टिकेन । तर, उनै छविले पूर्वपत्नी रेखालाई जितको शुभकामना दिएका हुन् ।

रेखालाई जितको शुभकामना दिँदै छविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्:

कलिलो उमेर मै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्र कै गौरब बन्न सफल– चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ– रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवाी दर्ता गरेकी छिन्।

रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु– तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखा जी तपाईलाई जितको लागि अग्रिम शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *