काठमाडौ । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई मत हाल्न पाउने छैनन्। गुल्मीका सागर डडेल्धुराबाट उठेका छन्।
ढकाल प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासंग प्रतिस्प्रधा गर्ने छन्।