माछापुच्छ्रे हिमालको काखमा पोखरा रंगशाला (फोटोफिचर)

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न विधाका खेल प्रतिस्पर्धाका लागि रङरोगन गरेर चिटिक्क बनाएको पोखरा रङ्गशाला । पृष्ठभूमिमा माछापुच्छ्रे हिमाल ।

नेपालको खेलकुदको कुम्भमेलाको उपनाममा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४ बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा पुगेका छन् भने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत विशिष्ट व्यक्तित्व, सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा पुगिसकेका छन् ।

यसअघि कुल सात हजार सात सय ९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए । प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन् ।

 

तस्बिरः- राधिका कँडेल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *