पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको महिला हकी प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ ।
लामाचौरको गण्डकी बोर्डिङ स्कुलको मैदानमा भएको प्रतियोगिताको उदघाटन खेलमा प्रदेश १ लाई ७–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी शुरुवात गरेको हो ।
गण्डकीको जीतमा कमला पुनले ह्याट्रिक पुरा गर्दा र सोनु बरालले दुई गोल गरिन् । सबिना पुन राना र दिपशिखा पौडेलको नाममा समान एक-एक गोल रह्यो ।