जसपाका दुई र लोसपाका एक जना मात्रै पहिलो पटक चुनाव लड्दै, बाँकि पुरानै अनुहार

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)ले देशभर ८१ क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएको छ। उसले मधेस प्रदेशमा मात्रै १७ सिटमा उम्मेदवारी दिएको छ। जसपाले मधेस प्रदेशमा उम्मेदवारी दिएकामध्ये २ जनाले पहिलो पटक चुनाव लड्दै छन्।

पर्सा–२ मा सुरेन्द्र कुर्मी र सप्तरी–४ मा लालकिशोर यादवले पहिलो पटक उम्मेदवारी दिएका हुन्, बाँकी १५ उम्मेदवार पुरानै अनुहारका छन्। जसपाले ८१ मध्ये नेकपा (एमाले) सँग ५२ सिटमा तालमेल गरेको छ। ३५ सिट एमालेको भागमा र १७ सिट जसपाको भागमा परेको छ। तर मधेस प्रदेशबाहेक क्षेत्रमा मात्र जसपाले केही नयाँ अनुहारलाई स्थान दिएको छ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेशमा ८ क्षेत्रमा उम्मेदवारी दिएको छ। जसमध्ये बारा–३ मा उम्मेदवारी दिएका लालबाबु सिंह मात्र पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्। बाँकी ७ उम्मेदवार यसअघि मधेस प्रदेशका विभिन्न क्षेत्रबाट पटकपटक उम्मेदवार बन्दै आएका नेताहरू हुन्।

जसपा र लोसपाका अधिकतर नेताहरू पटकपटक चुनाव लड्दै आएका छन्। उनीहरूसँग लामो समयदेखि चुनाव लडेको अनुभव छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *