नवौं राष्ट्रिय खेलकुद : पुरुष र महिला फूटबलको खेल तालिका सार्वजनिक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने पुरुष र महिला फूटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)ले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिताको पुरुषतर्फ ११ टोलीले स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् । सहभागि टोलीलाई चार समुहमा विभाजन गरिएको छ । समुह ‘ए’मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश रहेका छन् । समूह ‘बी’मा बागमती प्रदेश, मधेश प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब रहेका छन् । यस्तै समूह ‘सी’मा लुम्बिनी प्रदेश, त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल पुलिस क्लब छन् भने समूह ‘डी’मा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

चार समूहको शीर्ष स्थानमा रहने टोली अन्तिम चारमा प्रवेश गर्नेछन् । खेल असोज २७ गतेदेखि कार्तिक ३ गतेसम्म कास्कीमा हुनेछ ।

पुरुष फूटबलको खेल तालिका :-

यस्तै महिलातर्फ कुल १० टिमले प्रतिपर्धा गर्नेछन् । सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपाल पुलिस क्लब, बागमती प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’मा त्रिभुवन आर्मी फूटबल क्लबसँगै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् । समूह ‘सी’मा नेपाल एपीएफ क्लब, प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेश रहेका छन् । तीनै समूहको विजेता र समूह ‘सी’को उपविजेता अन्तिम चारमा प्रवेश गर्नेछन् । प्रतियोगिता असोज २७ देखि कार्तिक ३ गतेसम्म स्याङ्जामा हुनेछ ।

महिला फूटबलको खेल तालिका :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *