काठमाडौं । एएफसी एसिया कप छनोट अन्तर्गत आज हुने आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ । खेल भियतनामको फु थो प्रोभिन्सियल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट शुरु हुनेछ ।
नेपाल आजको खेलमा जीत निकाल्दै छनोटको सुखद शुरुवात गर्न चाहन्छ । मंगलबार भएको प्रि-म्याच कन्फ्रेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ र प्रशान्त लक्समले जीतको लागि खेल्ने बताएका थिए ।
यता पछिल्लो पाँच खेलमा तीन जीत, एक बराबर र एक हारको नतिजा निकालेको थाइल्याण्डलाई हराउन नेपाललाई सहज भने छैन । दुई टोलीबीच सन् २०१४ मा भएको मैत्रीपूर्ण खेल ३-३ गोलको बराबरीमा सकिएको थियो ।