बायर्नको फराकिलो जीत

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले फराकिलो जीत निकालेको छ । मंगलबार राति भएको खेलमा भिक्टोरिया प्लजेनलाई ५-० गोलले पराजीत गर्दै बायर्नले लगातार तेस्रो जीत निकालेको हो ।

घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जीत दिलाउन लोरी सानेले दुई गोल गर्दा सेर्जे ग्नाब्री, साडियो माने र इरिक म्याक्सिम चोउपो-मोतिंङले समान एक-एक गोल गरे । खेलको सातौँ मिनेटमा मुसिएलाको पासमा सानेले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा गोरेट्जकाको पासमा गनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

२१ औं मिनेटमा मानेले गोल गर्दा बायर्नले पहिलो हाफमा ३-० गोलको अग्रता बनाएको थियो । ५० औं मिनेटमा मानेको पासमा सानेले गोल गर्दै बायर्नलाई सहज जीततर्फ अगाडि बढाएका थिए । ५९ औं मिनेटमा गोरेट्जकको पासमा मोतिंङले गोल गर्दै  बायर्नलाई ५-० गोलको अग्रता दिलाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्न ५-० गोलले विजयी भएको हो । जीतसँगै बायर्न ३ खेलबाट ९ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहँदा समान खेल खेलको भिक्टोरिया अंकविहिन रहँदै पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *