श्रीलंकामा सरकारले न्यून आय भएका दुई हजार परिवारलाई घर बनाइदिने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् । विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले मानिसहरू आफ्नै घरमा खुशीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए । राष्ट्रपति विक्रमासिङ्घेले न्यून आय भएका परिवारलाई उनीहरूको आवश्यकताका बारेमा परामर्श गरी आवास एकाइ उपलब्ध गराउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *