USAID

म्यानचेस्टर डर्बी : हालान्ड र फोडेनको ह्याट्रिकमा सिटीको फराकिलो जीत

एजेन्सी । युवा फरवार्ड इर्लिंङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक पुरा गरेपछि म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । आइतबार बेलुकी भएको खेलमा सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६-२ गोलको फराकिलो जीत निकालेको हो ।

इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई जीत दिलाउन हालान्ड र फोडेनले ह्याट्रिक पुरा गर्दा युनाइटेडको लागि एन्थोनी मार्सियलले दुई र एन्टोनीले एक गोल गरे । खेलको आठौँ मिनेटमै बर्नाडो सिल्भाको पासमा फोडेनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा डी ब्रुयनको पासमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

३७ औं मिनेटमा डी ब्रुयनको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-० गोलको अग्रता दिलाए । ४४ औं मिनेटमा हालान्डको पासमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा सिटीलाई ४-० गोलको अग्रता दिलाए । ५६ औं मिनेटमा इरिक्सनको पासमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । ६४ औं मिनेटमा गोमेजको पासमा हालान्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै सिटीलाई सहज स्थितिमा पुर्याएका थिए ।

७३ औं मिनेटमा हालान्डकै पासमा फोडेनले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेर सिटीलाई ६- १ गोलको स्थितिमा ल्याएका थिए । ८४ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई ६-२ गोलको स्थितिमा ल्याए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गरेपनि युनाइटेड ६-३ गोलले पराजीत हुन पुग्यो ।

जीतसँगै सिटी ८ खेलबाट २० अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ भने पराजीत युनाइटेड ७ खेलबाट १२ अंकको साथ छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *