निर्वाचन आयोगद्वारा निर्वाचन खर्च हद निर्धारण, कुन क्षेत्रमा कति ?(सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार बनाएर निर्वाचन खर्चको हद निर्धारण गरेको हो ।

यसपटक निर्वाचन क्षेत्रअनुसार उम्मेदवारले खर्च गर्न पाउने सीमा फरक छ । आयोगले प्रतिनिधिसभामा ३३ लाख र प्रदेशसभामा २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ । २०७४ को निर्वाचनमा प्रतिनिधिसभाका लागि २५ लाख र प्रदेशसभाका उमेदवारलाई १५ लाख खर्च सीमा निर्धारण गरिएको थियो । यसपटक उमेदवारले गर्न पाउने खर्चको सीमा बढाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *