लिभरपुल र ब्रिघटनको रोमाञ्चक बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुल र ब्रिघटनले रोमाञ्चक बराबरी खेलेका छन् । शनिबार बेलुकी भएको खेलमा लिभरपुल र ब्रिघटनले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि रोबर्टो फर्मिन्होले दुई गोल गर्दा एक गोल उपहार पाएको हो । ब्रिघटनको लागि लेनान्द्रो ट्रोसार्डले ह्याट्रिक पुरा गरेपनि टोलीलाई जीत दिलाउन सकेनन् । खेलको चौथो मिनेटमै वेलब्याकको पासमा ट्रोसार्डले गोल गर्दै ब्रिघटनलाई शुरुवाती अग्रता दिलाएका थिए । १७ औं मिनेटमा मार्चको पासमा ट्रोसार्डले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिघटनको अग्रता दोब्बर बनाए ।

३३ औं मिनेटमा सलाहको पासमा फर्मिन्होले गोल गर्दै लिभारपुललाई २-१ गोलको स्थितिमा ल्याए । ५४ औं मिनेटमा डियासको पासमा फर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपूललाई २-२ गोलको अवस्थामा ल्याए । ६३ औं मिनेटममा वेस्ब्टरले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा ३-२ गोलको अग्रता लिएको थियो ।

८३ औं मिनेटमा ट्रोसार्डले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरेर ब्रिघटनलाई ३-३ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल ३-३ गोलको बराबरीमा सकिएको हो ।

बराबरीसँगै ब्रिघटन ७ खेलबाट १४ अंक जोड्दै लिगको चौथो स्थानमा रहेको छ भने समान खेलबाट १० अंक जोडेको लिभरपुल नवौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *