सल्यान जीप दुर्घटनाः मृतक आठै जनाको सनाखत

काठमाडौं । सल्यानमा जीप दुर्घटनामा मृत्यु भएका आठ जनाको सनाखत भएको छ। मृत्यु हुनेमा जीप चालक कपुरकोट–६ का २१ वर्षीय जीतबहादुर बोहरा, सोही ठाउँका ३७ वर्षीया धर्मा वली, ४० वर्षीय टोपबहादुर वली, धर्माका ११ वर्षीय छोरा वशन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वलीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कपुरकोट–६ का तिलक वलीको दाङको तुलसीपुरमा उपचार भइरहेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार मृतक सबै एकै ठाउँका हुन्। उनका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन्। राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानी नजिकै बुधबार बिहान ३ बजे जीप दुर्घटना भएको हो।

बाँकेको ढकेरीमा विवाहमा गएर फर्किएकाहरु चढेको रा१ज ५६३ नम्वरको जीप दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *