बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता

काठमाडौं । बङ्गलादेशविरुद्दको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बङ्गलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी मध्यान्तर अघिको खेलमा नेपालका लागि तीनवटै गोल अन्जन बिष्टले गरेका हुन् । उनले खेलको १८औँ मिनेटमा पहिलो गरेका थिए । यस्तै अन्जनले खेलको २७औँ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए ।

अन्जनले नै खेलको ३८औँ मिनेटमा ह्याट्रिक पूरा गरे । नेपाल मध्यान्तर अघिको खेलसम्म ३–० गोलको अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *