नेप्से १५ अंकले बढ्यो

काठमाडौं । मङ्गलबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । २१ लाख सात हजार कित्ता शेयर ६६ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सामुदायिक लघुवित्तको शेयर १० प्रतिशत तथा अभियान लघुवित्त र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि गरिमा डिबेन्चरको शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *