काठमाडौं। नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो । शनिबार मात्रै संस्थापन इतका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ ।
आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजन उपस्थिति खोजेको छ । पार्टीभित्र न्याय र समानताका लागि भन्दै संघर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबनधनका नाममा ‘प्रचण्ड’ माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन् ।
देउवाले समानुपातिक सूचीमा आफन्त नातेदारदेखि व्यापारीहरू समेतलाई राखेको भन्दै उहाँमाथि कार्यकर्ताहरू खनिएका छन् । कोइराला समूहले ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरूलाई समानुपातिकको बन्दसूचीमा राखेको तथ्य सार्वजनिक भएको छ ।
निर्वाचन आयोगमा बुझाइएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् ।बन्दसूचीमा सभापति देउवानिकट नेता मात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट