काठमाडौं । नेकपा एमालेले अरू पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या एक लाख नाघेको जनाएको छ । निर्वाचन घोषणा भएसँगै पार्टी प्रवेश गराउने कार्यक्रमलाई तीव्र बनाएको एमालेले हालसम्म अन्य पार्टीबाट एमाले प्रवेश गर्नेको संख्या एक लाख नाघेको जनाएको छ ।
पार्टी प्रवेश गराउनका लागि एमालेले ‘पार्टी क्रस, एक लाख प्लस’ अभियान संचालन गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टी, कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र लगायतका दलका नेता कार्यकर्ता एमाले प्रवेश गरिरहेका छन् । एमाले प्रवेश गर्नेमा अन्य पार्टीका केन्द्रीय सदस्यदेखि सांसदसम्म रहेका छन् ।
कुन जिल्लाबाट कति एमाले प्रवेश गरे ?
पाँचथर २१९
इलाम२८००
झापा १३
धनकुटा ३४२७
खोटाङ ७५३
ओखलढुंगा ३२३
उदयपुर १५७१३
मोरङ १०९५३
सुनसरी ३०२५
सिरहा १२२१६
सर्लाही ७८१५
रौतहट १०५७०
पर्सा ३०९०
दोलखा ४२
रामेछाप ७०५
सिन्धुली ५४७
काभ्रेपलाञ्चोक २२०७
सिन्धुपाञ्चोक ८३३३
रसुवा ५४८
धादिङ ५८८
चितवन ११०१
भक्तपुर १५०
ललितपुर ३०५०
काठमाडौं ३०८
कास्की ११३५
पर्वत १११२
स्याङ्जा १२०९
म्याग्दी ९५०
बागलुङ ५३१२
नवलपुर १५३७
तनहुँ ७०७
परासी २२०३
रुपन्देही १०३५१
कपिलवस्तु ५९०७
पाल्पा १६०७
अर्घाखाँची २७५०
गुल्मी १८७१
रोल्पा २०८
प्युठान ५३६३
दाङ ५५७१
बाँके ८०१७
जुम्ला ८८१
दैलेख २२१३
डोटी ५५
बैतडी २०१६
डडेलधुरा १३०
कञ्चनपुर ३१९५
कैलाली ३०८३