आज श्री शाके १९४४ वि.स. २०७९ असोज ९ गते आइतबार इश्वी सन् २०२२ सेप्टेम्बर २५ तारीख आश्विन कृष्णपक्ष औंसी तिथि पूर्वफाल्गुनी नक्षत्र पश्चात उत्तरफाल्गुनी नक्षत्र शुभ योग चतुष्पद करण चन्द्रमा सिंह राशिमा पश्चात कन्या राशिमा आनन्दादि योगमा छत्र योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु दर्शश्राद्ध औंशीश्राद्ध पितृबिसर्जन स्नानदानादौ औंशी हलो तथा निशी बार्ने (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानो लगानी उठाउन समयले विशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आफन्तजनहरुसगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेको छ । सामाजिक कार्यमा समय व्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेको छैन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गरिरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । अध्यन अध्यापनमा समय व्यतित गर्दा उत्तम रहने छ । यात्रामा विषेश सावधानी अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धि कार्यमा विशेष सजग रहनु पर्ने छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परिवारजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । पुराना मित्रजनहरुसँगको भेटघाटमा समय व्यतित रहनेछ । गरिरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिँएला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बल तथा पराक्रममा बृद्धि हुनेछ । नयाँ मित्रजनहरुसँगको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भावना रहेको छ । नयाँ कार्यको थालनी निकै उत्पादनमुलक साबित रहने छ । अधुरा कार्यहरु सञ्चालन गर्न समय उत्तम रहेको छ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुको प्रशन्नताका निम्ति सामान्य खर्चको सम्भाबना रहेको छ । आफन्तजनहरुसँग सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरिएको पूर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोध हुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक साथ सहयोगबाट कार्यक्षेत्रमा विशेष फाइदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय व्यतित हुन सक्नेछ । व्यापार व्यवसायका क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरुमा सफलता हात लाग्ने छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको छिटो विश्वास गर्ने बानीका कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । यात्रामा साबधानी अपनाउनु पर्नेछ । सोचेकोभन्दा बढी मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुन सक्छ । गरिरहेको कार्य क्षेत्रसमेत परिर्वतनको सम्भावना रहेको छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनी हुने योग रहेको छ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय व्यतित गर्दा आम्दानी तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछ । व्यापार व्यवसायमा नयाँ लगानीसमेत उत्तम रहने छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नु नै उत्तम रहनेछ । गरिरहेको कार्यमा विभिन्न कारणबस ढिलाइको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने समय रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नेतृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरिएको पुर्ण विश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोध हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भावना रहेको छ । पुराना मित्रजनहरुसँगको भेटघाटमा समय व्ययतित रहने छ । आफन्तजनहरुसँग सामान्य वादविवादको सम्भावना रहेको छ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ । गरिरहेको कार्यक्षेत्र समेत परिर्वतनको सम्भावना रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ । अरुप्रति गरिएको विश्वासमा धोका हुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक साथ सहयोगद्वारा व्यापार व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुने योग रहेको छ । साझेदारी कार्यका मार्फत उत्तम आम्दानी प्राप्त गर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहनेछ ।