आज असोज ८ गते शनिबार, यस्तो छ तपाईँको राशिफल

आज श्री शाके १९४४ वि.स.२०७९ असोज ८ गते शनिबार इश्वी सन् २०२२ सेप्टेम्बर २४ तारीख आश्विन कृष्णपक्ष चतुर्दशी तिथि पूर्वफाल्गुनी नक्षत्र साध्य योग भद्रा करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा लूम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अस्त्रस्त्रहरुबाट मरेकाको चतुर्दशीश्राद्ध (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ । पुराना लगानी उठाउन उत्तम समय रहेको छ । प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने छ । देश विदेशको यात्राको सम्भावना रहेको छ । भोगबिलासिताका साधनहरुमा सामान्य खर्चको सम्भावना रहेको छ । अध्यन अध्यापन मध्यम रहला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गरिरहेको कार्य परिर्वतनको सम्भावना रहेको छ । अध्यन अध्यापनमा समय मध्यम रहे तापनि मनोरञ्जनका क्षेत्रमा अधिक समय व्यतित रहने छ । आँट शाहसको कमि भएको महसुस रहने छ । आम्दानीको तुलनामा अधिक खर्च हुनाले मनमा सामान्य तनाबको सामना गर्नुपर्ने छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । कार्यक्षेत्रमा विशेष जिम्मेबारी बहन गर्नुपर्ने समय रहेको छ । भूमी तथा वाहनका क्षेत्रमा सामान्य खर्चको गर्नु पर्ने समय रहेको छ । सामाजिक कार्यको क्षेत्रमा अग्रसर रहने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बल तथा पराक्रमका क्षेत्रबाट जटिल कार्यहरु सम्पादित रहने छन् । इष्टमित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहने छ । मनोरञ्जनात्मक यात्राको योग रहेको छ । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईँलाइ सहजै प्राप्त हुनेछ । पुराना मित्रजनहरुसगँको भेटघाटले मन हर्षित रहने छ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बोलीको प्रभावको कारण मान्यजनको साथ पाइने छ । खानपानको कारण स्वास्थमा सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्नेछ । मान्यजनको साथ सहयोले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृपक्षको सहयोले वाैद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्राेत र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय व्यतित रहला । सामान्य यात्रापश्चात कार्य सिद्धि हुन सक्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्ने सम्भावना रहेको छ । कुराकाट्नेहरुको बृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । वाैद्धिक व्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यताले सताउन सक्छ । नयाँ कार्यक्षेत्रको लागि लगानी गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउने छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय व्यतित हुनेछ । ईष्टमित्रसगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भए तापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनोबिलासिताका सामान खरिदकाे योग रहेको छ । दाजु भाइ तथा इष्ट मित्रबीच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनुहोला । बोलीका कारण साधारण समस्या आउन सक्नेछ । आम्दानीका क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरिदकाे योग रहेको छ । मित्रजनहरुबीचको भेटघाटले मन प्रशन्न रहने छ । परिवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *