रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार

काठमाडौं। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन राप्रपा तयार भएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराउँदै वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउने प्रस्ताव गरेका थिए ।

सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाका अनुसार निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउने तयारी भइरहेको छ । हाल राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *