आज असोज ७ गते शुक्रबार, यस्तो छ पञ्चाङ्ग र राशिफल

आज श्री शाके १९४४ वि.स. २०७९ असोज ७ गते शुक्रबार इश्वी सन् २०२२ सेप्टेम्बर २३ तारीख आश्विन कृष्णपक्ष त्रयोदशी तिथि मघा नक्षत्र सिद्ध योग गर करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु त्रयोदशीश्राद्ध,कलियुगादि मघाश्राद्ध जुम्लामा चन्दननाथको लिंगोत्थान (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आम्दानीका क्षेत्र मध्यम नै रहे तापनि इष्टमित्रका निम्ति सामान्य खर्च हुन सक्ने सम्भावना रहेको छ । शारीरिक आलस्यताको सामना भने गर्नुपर्ला । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । वाैद्धिक क्षेत्रका व्यक्तित्वसगँको संगतले मन प्रशन्न रहला । कार्यप्रतिको लगनशीलतामा बृद्धि हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आयमुलक कार्यको थालनी हुनेछ । पारिवारिक मेल मिलाप बढे तापनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहनेछ । मान्यजनको साथ सहयोगद्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नजिकका मित्रजनहरुबीचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । सामान्य कार्यको निम्ति धेरै समय व्यतित हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अवलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय अरूहरुले प्राप्त गर्ने छन् । वाणिको चातुर्यताले नयाँ मित्रसँग परिचय हुन सक्छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

निर्णय गर्ने क्षमतामा कमि आउनेछ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबी देखा पर्नेछ । साझेदारी कार्यमा हात नहालेकै बेस रहनछ । व्यापार व्यवसायका क्षेत्रमा सामान्य समस्या देखा पर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

एकान्त वातावरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेस हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । जीवन साथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । अन्य व्यक्तिहरूकाे विश्वासमा नपर्नु नै उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रतिस्पर्धामुलक कार्यमा विषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय व्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरे तापनि व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट बेर्होनु पर्ला । धैर्यधारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भए तापनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष सावधानी अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भावना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनोविलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलनजन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्ग दर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय व्यतित हुन सक्छ । परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानी मध्यम रहला ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोल्दा सजग रहनु होला । बोलीक कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । प्रतिशपर्धीहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *